कोभिड–१९ का निमित्त वीरमा नियुक्त करार कर्मचारीहरु हटाइए

२३ असोज ०८०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाउनुको कारण खुलाएका छन् ।

मन्त्री बस्नेतले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोभिड–१९ का निमित्त नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था भएपछि हटाइएको बताएका हुन् ।

उनले एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको भन्दै सधैंभरि फाजिलका लागि रकम दिन सक्ने अवस्था नभएपछि हटाइएको बताए ।

कोभिड अवधिका लागि वीर अस्पतालमा करार कर्मचारी नियुक्त गरिएको थियो भने हालै स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा करारमा कार्यरत २७६ जनाको करार अवधि थप नगर्ने निर्णय भएको छ ।