जापानलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा प्रवेश

५ कार्तिक ०८०, काठमाडौं । यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानलाई हराउँदै यू–१९ एसिया कपमा प्रवेश पाएको छ ।

एसिया कपको छनोटका रुपमा रहेको यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपालले जापानमाथि १४४ रनको जित हात पारेसँगै यू–१९ एसिया कपमा प्रवेश पाएको हो ।

दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।