यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

१० कार्तिक ०८०, काठमाडौं । यूएईले आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिज जितेको छ ।

युएईलाई उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टाएको थियो ।

यस्तै अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै युएईलाई जित दिलाएका हुन् ।

लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो भने फाइनल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो ।