आश्माकुमारीले जितिन् मिस नेपाल वर्ल्ड २०२४ को उपाधि

१९ साउन ०८१, काठमाडौं । शनिबार भएको यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को ग्राण्ड फिनालेमा आश्माकुमारी केसीले उपाधि जितेकी छन् ।

केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने करुणा रावत मिस नेपाल इन्टरनेशलन २०२४ बन्न सफल भएकी छन् ।

तस्बिरहरु