२३ साउन ०८१, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेलमा नेपाललाई हराउँदै भारतले उपाधि उचालेको छ ।
पहिलो खेलमा नेपालले भारतलाई हराउँदै २५–२३ को जित निकालेको थियो भने दोस्रो सेट १४–२५ अंकको अन्तरमा भारतले जित निकालेको थियो ।
यस्तै तेस्रो सेटमा नेपालले भारतलाई २५–२२ ले पराजित गरेको थियो भने चौथो सेट नेपाललाई २१–२५ को अन्तरमा भारतले पराजित गरेको थियो ।
यस्तै पाँचौँ खेलमा नेपालसँग ५–१५को फराकिलो अन्तर निकाल्दै भारतले काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको हो ।













