६ भदौ ०८१, काठमाडौं । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
सरकारले टिकटकलाई केही शर्तहरु राखेर प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङकाअनुसार ‘टिकटक नीतिगतरुपमा खुल्यो अब कार्यान्वयनमा आउन सरकारको शर्त पूरा गर्नुपर्छ ।
नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । जसमा टिकटकले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचीकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।
सरकाले टिकटकसँग अरू थप चार शर्त पुरा गर्नुपर्ने भनेको छ । जसमा पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्नेछ ।













