७ भदौ ०८१, तनहुँ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।
यूपी ५३ एफटी ७६२३ नम्बरको ४३ जना सवार बस बिहान ऐना पहरा नजिकबाट मर्स्याङ्दीमा खसेर भएको दुर्घटनामा परेर २७ यात्रुको मृत्यु भएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमले भने, ‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भएको छ ।
मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको बताउँदै उनले उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको बताए ।
यात्रुहरु २ दिन पोखराको स्र्पोटस् होटलमा बसेर काठमाडौंका लागि हिँडेका थिए ।













