८ भदौ ०८१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण दिँदै सभापति रवि लामिछाने भ्रष्टाचारी, राहदानी दुरुपयोग गर्ने ठग भएको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको ५ भदौमा बसेको बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नुपूर्व एकपटक स्पष्टीकरण दिने मौका दिएसँगै ढकालले सोको जवाफमा शुक्रबार स्पष्टीकरण बुझाउँदै सभापति लामिछानेलाई भ्रष्टाचारी, राहदानी दुरुपयोग गर्ने ठग भएको बताएका हुन् ।
‘प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो,’ ढकालले स्पष्टीकरणमा लेखेका छन्, ‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।’
ढकालले आफ्नो स्पष्टीकरणमा लामिछानेलाई आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा दुराशयका साथ कारबाहीको प्रयास गरेको उल्लेख गरेका छन् ।
स्पष्टीकरणको पूर्णपाठ














