सहकारीका बचतकर्ताको रकम अपचलन गर्नेहरूलाई कडा कारबाही हुनुपर्छ – जनमोर्चा

६ असोज ०८१, काठमाडौं । राष्ट्रिय जनमोर्चाले ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा गठन गरिएको आरोप लगाएका छन् ।

जनमोर्चाको असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले उक्त समिति गठनको उद्देश्य नै लामिछानेलाई बचाउने गरी गठन भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष चित्रबहादुर केसीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको थियो ।’

राजमोर्चाले संसदीय समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न र सहकारीका बचतकर्ताको बचत रकम ठगी र अपचलन गर्ने रवि लगायतका दोषीहरू उपर कडा कानुनी कारबाही हुनुपर्ने बताएको छ ।