२३ असोज ०८१, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले चाडपर्वका समयमा कर्मचारीहरुलाई आफ्ना मोबाइल फोन स्वीचअफ नगर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयमा आयोजना गरिएको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भन्दै कर्मचारीहरुलाई आफूसँग भएको मोबाइल स्वीचअफ नगर्न निर्देशन दिएका हुन् ।
‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुँने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नू होला,’ उनले भने ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा हिजोदेखि वितरण गरिएको मेलम्चीको पानी कुन–कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ, सो विषयमा समेत निरन्तर अनुगमन गरी पानी विरतण कार्य सूचारु गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।













