एमालेको पार्टी केन्द्रीय कार्यालय कीर्तिपुरमा सारिने

२४ असोज ०८१, काठमाडौं । नेकपा एमालेको ललितपुरको च्यासलस्थित रहेको पार्टी केन्द्रीय कार्यालय कीर्तिपुरमा सारिने भएको छ ।

नदी किनारको केन्द्रीय कार्यालयमा पटकपटक बाढी पसेर क्षति पुगेपछि एमालेले कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार कीर्तिपुर नगरपालिका २ को जग्गामा नयाँ कार्यालय भवनको शिलान्यास शुक्रबार दिउँसो एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।