पहिरोबाट अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

२५ असोज ०८१, काभ्रे । काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।

यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।