मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने

२९ असोज ०८१, काठमाडौं । मनकामना केबलकार मर्मत सम्भारका लागि असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ ।

मनकामना दर्शन प्रालिले केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्ने भएको हो ।

प्रालिकाअनुसार केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाएको छ । असोज २९ र ३० गते सबै काम सकिनेछ ।

प्रालिले १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने जनाएको छ ।