७ कार्तिक ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनले पार्टी अध्यक्षमार्फत् केन्द्रीय राहत कोषमा पाँच लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले उक्त रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो ।
संगठनका संगठनका इञ्चार्ज खिमलाल देवकोटाको उपस्थितिमा अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले पाँच लाख २५ हजार रुपैयाँको चेक पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।













