धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ – गृहमन्त्री लेखक

१५ कार्तिक ०८१, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको बताए । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल जेलमा रहेको भन्दै उनले भने, ‘रविजी र छविजी (पूर्व डीआईजी छविलाल जोशी) माथि अनुसन्धान अगाडि बढाएको हो ।’