प्रधानमन्त्री आलोचनाबाट नडराउन नहुने कांग्रेस सभापति देउवाको भनाई

१७ कार्तिक ०८१, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचनाबाट डराउन नहुने बताएका छन् ।

सभापति देउवाले भक्तपुरमा नेपाली काँग्रेसले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिँदै यस्तो बताएका हुन् ।

‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो,’ देउवाले भनेका छन्, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछ ।’

सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको बताए ।