तीन लाख ६४ हजार केजी चिया भारत निर्यात, रु ११ करोड ४३ लाख आर्जन

७ मंसिर ०८१, झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले भारतमा तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यात गरेको छ ।

संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट रु ११ करोड ४३ लाख ६१ हजार आर्जन गरेको छ ।

संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ ।

बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् ।