एमालेले रावललाई संगठित सदस्यबाट हटायो : पाण्डे र तिम्सिना ६ महिना जिम्मेवारीमुक्त

१० पुस ०८१, काठमाडौं । नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाएको छ भने पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरेको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महशुस नगरेको भन्दै रावललाई संगठित सदस्यबाट हटाई पाण्डे र तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।

व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषयमा पार्टीविरुद्ध बोलेको भन्दै एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो ।