एमालेको सचिवालय बैठक बस्दै

१७ पुस ०८१, काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

मुख्यालय च्यासलमा भोलि बिहीबार दिउँसो साढे १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

‘केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकको एजेन्डा, राष्ट्रिय राजनीति लगायतबारे नै छलफल होला,’ उनले भने ।

एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।