‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ । “हरामी हुन् मन छ” बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन् ।

गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन् । नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ ।

गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास गरेको दृश्य समेटिएको छ, जसले प्रेममा आकर्षण र उत्साह प्रस्तुत गर्दछ ।

भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। भिडियो सम्पादन बिबेक सुनारले गरेका हुन् ।

“हरामी हुन् मन छ” बोलको गीत नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

“हरामी हुन् मन छ”