अर्थमन्त्री पौडेल र मेयर आचार्य पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा घाइते

३ फागुन ०८१, कास्की । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा बलेको आगोको लप्काले घाइते भएका छन् ।

पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा बेलुन फुटेर आगो लागेको थियो । उक्त आगोको लप्काले मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ ।

उनीहरु दुवैलाई पोखरामा प्राथकिम उपचार गरेर हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पोखरा महानगरपालिकाले सन् २०२५ मा पर्यटकीय नगरी पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको हो ।