धुम्बाराहीमा विद्युतीय बसमा आगलागी

२२ फागुन ०८१, काठमाडौं । धुम्बाराहीमा विद्युतीय बस (इलेक्ट्रिक भेइकल)मा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले चक्रपथ रुटमा चल्ने बसमा बुधबार आगलागी भएको बताएका हुन् ।

प्रहरीकाअनुसार प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा राति चार्ज गर्ने क्रममा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।