वैदेशिक अध्ययन अनुमतिपत्र चैत २ सम्म पूर्णरूपमा बन्द हुने

२९ फागुन ०८१, काठमाडौं । मर्मतका लागि २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) पूर्णरूपमा बन्द हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मर्मतका लागि २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको हो ।

मन्त्रालयको एनओसी शाखाकाअनुसार अनलाइनबाट दिँदै आएको सेवा मर्मत गर्नुपरेकालेक पूर्णरूपमा बन्द हुनेछ ।

मन्त्रालयले जारी गरेको सूचनामा भौतिकरूपमा पनि एनओसी बन्द हुने उल्लेख छ ।