मधेशमा रंगहरूको पर्व होली मनाइँदै

१ चैत ०८१, काठमाडौं । आज मधेशमा रंगहरूको पर्व होली मनाइँदै छ ।

पहाडी र हिमाली जिल्लाहरुमा हिजो नै फागू पूर्णिमा (होली) मनाइएको भएपनि मधेश प्रदेशमा आज होली पर्व मनाइएको हो ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन छ ।