राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक पारित

१० चैत्र ०८१, काठमाडौं । राष्ट्रिय सभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भएको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रिय सभाको सभाको आइतबारको बैठकले सैद्धान्तिक छलफल गर्दै बहुमतले पारित गरेको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि संशोधन हाल्न चाहाने सांसदहरूले ७२ घण्टाभित्र संघीय संसद् सचिवालयमा ७२ घण्टाभित्र संशोधन हाल्न सक्नेछन् ।