जनतासँग टाढिन तयार हो भने सरकारको गल्तीहरुमा चूप बसौं – विश्वप्रकाश शर्मा

४ बैशाख ०८२, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

बिहीबार बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सरकारको बिकल्प खोज्ने पक्षमा आफू नरहेको बताउँदै सरकारका गलत कामहरुको समर्थन गर्न नसकिने बताएका थिए ।

‘जे भइरहेको छ, ठीक भइरहेको छ भनेर जान सकिने बिकल्प हामीसँग छ । तर उसो भनिरहँदा हामी जनतासँग टाढिन तयार हुनुपर्छ,’ बैठकमा सहभागी एक नेताकाअनुसार शर्माले बैठकमा भनेका थिए, ‘जनतासँग टाढिन तयार हो भने सरकारको गल्तीहरुमा चूप लागेर बसौं ।’

नेता शर्माले राष्ट्र बैंकका गभर्नर नियुक्त ढिलाई गर्न नहुने मत बैठकमा राखेका थिए ।