९ बैशाख ०८२, काठमाडौं । परीक्षा बोर्डले बैशाख ११ गतेबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार बिहीबारदेखि सञ्चालन हुने परीक्षा आगामी बैशाख २१ गतेबाट गर्ने निर्णय भएको छ ।
उनले बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको जानकारी दिँदै परीक्षा तालिका भोलि सार्वजनिक गरिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गतेबाट सुरु हुने परीक्षा केही दिन पछाडि सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्ड परीक्षा सार्ने निर्णयमा पुगेको हो । यद्यपि, यसअघि सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।













