१० बैशाख ०८२, काठमाडौं । राजावादीका नाममा हिंसात्मक प्रदर्शन गरेसँगै पक्राउ परेका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि आज म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
तीनकुनेमा भएको राजावादी प्रदर्शनमा नेतृत्व गर्ने प्रसाईं लगायतलाई बुधबार पुनः म्याद थप गर्न लागिएको हो ।
प्रसाईं र उनका बडिगार्ड भनिएका दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।
तीनकुने घटनामा पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो ।













