ललितपुर महानगरका सबै सामुदायिक विद्यालय सञ्चालन गर्न परिपत्र

ललितपुर । जिल्लाको ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ ।

नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्णरूपमा सञ्चालन गर्न महानगरले सोमबार परिपत्र जारी गरेको हो ।

महानगरले परिपत्रमा सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू÷गराउनू भन्ने आदेश समेत सम्झाएको छ ।

“विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू, नगराउनू भनी भएको आदेश बमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू÷गराउनू हुन अनुरोध छ,“ महानगरले भनेको छ ।