२ जेठ ०८२, काठमाडौं । नेकपा एमालेका नेता पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले नेपाल दुरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिदको शुरुवात नगरेको बताएका छन् ।
टेरामक्स खरिद प्रकरणमा मुछिएपछि अख्तियारमा बयान दिँदै उनले यस्तो बताएका हुन् ।
उनले अख्तियारमा बयान गर्दै भनेका छन्, ‘टेरामक्स मैले सुरु गरेको होइन र मैले कार्यभार सम्हाल्नु पूर्व नै प्राधिकरणले टेन्डर लगायत काम गरी दायित्व सृजना गरेको रहेछ ।’
पूर्वमन्त्री बास्कोटामाथि टेरामक्स प्रविधि खरिदको बजेट तथा कार्यक्रम स्विकृत गरी खर्च गर्ने अनुमति दिएको आरोप थियो ।













