बिहे घरमा जन्ती र भेला भएका स्थानीयबीच कुटाकुट, पाँच जना घाइते

१० जेठ ०८२, विराटनगर । जन्ती र बिहे घरमा भेला भएका स्थानीयबीच शुक्रबार राति कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् ।

बेहुली लिन विराटनगरबाट कदमाह पुगेको जन्ती र बिहे घरमा भेला भएका स्थानीयबीच शुक्रबार राति कुटाकुट हुँदा ५ जना घाइते भएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति ११ः३० बजेतिर डिजे बजाएर नाच्ने क्रममा बेहुली र बेहुला पक्षबीच कुटाकुट भएको थियो ।

झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।