१९ जेठ ०८२, काठमाडौं । आन्दोलनरत् सार्वजनिक यातायात व्यवसायीहरूसँग वार्ता गर्न सरकरले कार्यदल गठन गरेको छ ।
गृह मन्त्रालयमा सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत यातायात व्यवसायीसँग छलफल गरी मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् ।
कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट सहभागी रहेका छन् ।
त्यसैगरी आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् ।
उक्त कार्यदलमा गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य सदस्य–सचिव रहेका छन् ।
आजै कार्यदलका सदस्य सचिव रवीन्द्र आचार्यले छलफल सुरु गरिसकेको जानकारी दिए ।













