पालुङटार नगरपालिकाका विद्यालयहरुमा दुईदिन पठनपाठन बन्द

२९ जेठ ०८२, पालुङटार । गोरखाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा दुईदिनका लागि पठनपाठन बन्द गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुईदिनका लागि पठनपाठन बन्द गरिएको हो ।

नगरप्रमुख विवश चिन्तनले भने, ‘गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरेको हो ।’

उनले असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने बताए ।