न्याय परिषद्मा तानिए, दुई जिल्ला न्यायाधीश

६ असार ०८२, काठमाडौं । न्यायपरिषद्ले धनुषा र दार्चुलाका एक÷एकजना न्यायाधीशलाई न्यायपरिषद्मा तानेको छ ।

न्यायपरिषद्ले धनुषाका न्यायाधीश हरिकृष्ण श्रेष्ठ र दार्चुलाका न्यायाधीश पुष्पराज पाण्डेलाई आचरणमा प्रश्न उठेपछि न्यायपरिषद्मा तानेको हो ।

न्यायपरिषद् सम्वद्ध स्रोतले भनेको छ, ‘दुबैजनाको आचरणमा समस्या देखिएको हो । विभिन्न पक्षबाट गुनासो आएपछि परिषद्मा तानिएको हो ।’

स्रोतकाअनुसार उहाँहरुमाथि प्रारम्भिक छानविन शुरु भइसकेको छ भने छानबिन नटुंगिदासम्म परिषद् मै रहनेछन् ।