प्रधानमन्त्रीको सम्बोधनमा पनि संसद अवरोध गर्ने रास्वपाको निर्णय

१४ असार ०८२, काठमाडौं । आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको सम्बोधनका बीच संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

रास्वपाका सांसद हरि ढकालले आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले आजको बैठकमा प्रधानमन्त्री ओली बोल्दा पनि संसद अवरोध गर्ने निर्णय गरेको बताए ।

‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । प्रधानमन्त्री बोलिरहँदा पनि हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको छ ।