आज १५ असार : राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार ०८२, काठमाडौं । आज १५ असार अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ ।

कृषकले माना खाएर मुरी उब्जाउने पर्वकारुपमा मनाइने असार १५ लाई नेपालीहरुले दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गर्दछन् ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर, खेतको हिलोमा खेलेर असार १५ मनाउँछन् ।

कृषिप्रधान देश भएकाले नेपालले वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो ।

असारे भाकामा लोकदोहोरी गाउँदै आज देशभर किसानहरुले मात्रै हैन सरकारका उच्च ओहोदामा रहेका र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समेत रोपाईं गरेर असार १५ भव्यरुपले मनाएका छन् ।