पार्टीले अहिलेसम्म आफूलाई स्पष्टीकरण नसोधेको झाँक्रीको दाबी

१९ असार ०८२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले आफूलाई अहिलेसम्म पार्टीले स्पष्टीकरण नसोधिएको बताएकी छन् ।

नेता झाँक्रीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्नेक्रममा पार्टीले स्पष्टीकरण सोधेको भन्ने कुरामा सत्यता नभएको बताएकी हुन् ।

पार्टीका केही नेताहरूले आफूलाई स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको दाबी गरिन् ।

बुटवलमा पार्टीको युवा संगठनले आयोजना गरेको एक कार्यक्रममा नेता झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनले सचिवालय बैठकमै आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार पार्टीमा निवेदन दिएको बताइन् ।