ट्राफिकका प्रहरी नायव निरीक्षक कमल खड्का छानबिनमा हेडक्वाटर तानिए

२० असार ०८२, काठमाडौं । नेपालगञ्जमा कार्यरत ट्राफिकका प्रहरी नायव निरीक्षक (सई) कमल खड्का छानबिनमा तानिएका छन् ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका रबि लामिछानेको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानमा ट्राफिक सई खड्काले हस्ताक्षर गरेको फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि उनीमाथि छानबिन थालिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेकाअनुसार भैरहवाको कारागारमा रहेका रवि लामिछानेको पक्षमा सई खड्काले हस्ताक्षर गरेको फोटो भाइरल भएपछि उनलाई हेडक्वाटर झिकाइएको छ ।

रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै हस्ताक्षर अभियान चलाइएको छ ।