पाँच कम्युनिष्ट पार्टीको संयुक्त बैठक : माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा

२१ असार ०८२, काठमाडौं । विभिन्न पाँच कम्युनिष्ट पार्टीको संयुक्त बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।

आज बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङ जानकारी दिए ।

पाँच दलले मध्यपूर्वका मुलुकमा इजरायलले हस्तक्षेपकारी कदम उठाइरहेको भन्दै नेपालका राजनीतिक दलहरुले एकजुट भएर विरोध जनाउनुपर्ने निष्कर्ष निकालेको पनि महासचिव गुरुङले बताए ।