२५ असार ०८२, काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधमा न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।
अदालतले बुधबार दुई फरार प्रतिवादी विनञ्जय थापा र राजेन्द्र जिसीलाई जनही १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले दिएको जानकारीअनुसार गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा अवान्छित क्रियाकलाप गरेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
तीनकुने घटनामा राजावादीको नाममा भएको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको ज्यान गएको थियो ।













