शेखर कोइराला भन्छन् : मन्त्रीक्वाटरमा विचौलियाको ब्रिफकेस

३१ असार ०८२, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेको बताएका छन् ।

मन्त्री क्वाटरमा बिचौलियाले घुसको ब्रिफकेस छाड्ने गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन् ।

‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन् ।’

उनले संसदमा प्रमुख विपक्षी दलले कर्मकाण्डी राजीनामा माग्ने गरेको साथै सरकारी गठबन्धन ‘साक्षी किनाराका सदर’ भएको बताए ।