३२ असार ०८२, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डस्थित सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
यूपी ३२ जेड एन ७८८३ नम्बरको भारतबाट काठमाडौंतर्फ जाँदै गरेको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् ।
उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।













