७ साउन ०८२, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा एमालेको पछिल्ला निर्णयले आफू अचम्मित नभएको बताएकी छन् ।
उषकिरणले सामाजिक सञ्जाल फेसबुकमा एमालेको निर्णय प्रक्रियाप्रति आफू जानकार रहेकाले अचम्मित नभएको बताएकी हुन् ।
फेसबुकमा उनले लेखेकी छन्, ‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन । म खुसी छु कि यो खुला रुपमा बाहिर आयो ।’
‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्’ उनले लेखेकी छन्, ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यसकारण यो प्रकरणलाई धन्यवाद ।’













