भोलि पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

८ साउन ०८२, काठमाडौं । भोलि शुक्रबार, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

भण्डारी पक्षधर एमालेका एक नेताले पार्टीको केन्द्रीय समिति बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउन पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्न लागको बताएका हुन् ।

एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउँदै संविधान र पार्टी विधानका विभिन्न धारा केलाउँदै पार्टी सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको थियो ।