
१२ साउन ०८२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमालेका महासचिव शंकर पोखरेललाई भेट्न उनकै निवास पुगेका छन् ।
आइतबार बिहान पोखरेल निवासमा पुगेका विप्लवले एमाले महासचिव पोखरेलसँग दुई घण्टा लामो भेटघाट गरेका छन् ।
एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालले दिएको जानकारी अनुसार चन्द र पोखरेल बीच भएको भेटवार्तामा विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायत समसामयिक विषयहरूमा छलफल भएको थियो ।













