पत्रकार बजगाईलाई उत्कृष्ट शब्द रचना अवार्ड

काठमाडौं । सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु-याएबापत सम्मान गरिएको हो ।

शनिबार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष इन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई सम्मान गरिएको हो ।

उनलाई सम्मानका साथै कला, साहित्य र समाजसेवाको क्षेत्रमा योगदान पु¥याएको र शब्द रचना उत्कृष्ट रहेको भन्दै ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गीत सुशासनका लागिबाट ‘उत्कृष्ट शब्द रचना अवार्ड’ प्रदान गरिएको थियो ।