
२४ साउन ०८२, बाँके । मनकामना ग्यास उद्योग प्रा.लि.मा अखिल नेपाल औधोगिक मजदुर संघको इकाई समिति गठन भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त मल्लको प्रमुख आतिथ्यमा बिहीबार भएको इकाईको भेलाले माधव थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

अध्यक्ष माधव थापा रहेको उक्त इकाई समितिमा उपाध्यक्ष श्रवण कुमार नाऊ, सचिव पुष्पराज गिरी, सहसचिव मानबहादुर सलामी, कोषाध्यक्ष हिरालाल नाऊ, सदस्यहरू सरस्वती थापा, घनश्याम नाऊ, लालबहादुर यादव, सर्जु चौधरी, सोन चौधरी, प्रेमलाल बुढाथोकी रहेका छन् ।

यस्तै इकाई सल्लाहकारमा अमर बस्याल, गुरूप्रसाद चोधरी, भरतसिंह ठकुरीलाई चयन गरिएको छ ।














