आज जनैपूर्णिमा पर्व : रक्षाबन्धन, डोरीधारण गरेर मनाइँदै

२४ साउन ०८२, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा : हरेक वर्षजस्तै जनैपूर्णिमा पर्व आज देशभर जनै डोरीधारण गरेर मनाइँदै छ ।

जनैपूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै धारण गर्दछन् । विधिपूर्वक मन्त्रिएको जनै अर्थात् धागोको डोरो धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

नेपालको तराई–मधेशमा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर रक्षाबन्धन पर्व मनाउने चलन छ । यस पर्वले दिदीबहिनी र दाजुभाइकाबीचमा प्रगाढ सम्बन्ध हुने सामाजिक मान्यता छ ।