महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता, खोजी कार्य जारी

२५ साउन ०८२, कञ्चनपुर । महाकाली नदीमा डुबेर भीमदत्त नगरपालिका – ११ की दुई बालिका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले बेपत्ता हुनेमा अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जानकारी दिए ।

डीएसपी बोहराले उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका बताए ।

बेपत्ता बालिकाहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा गरिरहेको प्रहरीले जानकारी दिएको छ ।