१ भदौ ०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनी प्रधानमन्त्री भएको एक वर्ष तीन महिनापछि भारतले औपचारिक भ्रमणको निम्तो दिएको छ ।
प्रधानमन्त्री ओलीलाई भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेसँगै भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा तोडिएको हो ।
चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेश सचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।













